पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ। पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानून समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्यको ८१ वर्षको उमेरमा निधन भएको हो। उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। नेपालको कानूनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोक सेवा आयोगमा रहँदा उनको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए। स्व शाक्यका दुई छोरी र दुई छोरा छन्। श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो।

Logo