हेर्नुहोस्, तपाईंको आगामी साताको राशिफल

हेर्नुहोस्, तपाईंको आगामी साताको राशिफल

केन्द्रबिन्दु
2.6k
Shares

२०८१ वैशाख १६ देखि वैशाख २२ सम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

मेष राशि हुनेहरुका लागि यो साता तपाईंले धेरै अवसरहरू प्राप्त गर्नुहुनेछ, जसले तपाईंको करियरमा उच्च स्थान हासिल गर्न मद्दत गर्नेछ । यो साता व्यापार लेनदेनमा सावधानी अपनाउनुपर्नेछ । सरकारी जागिरमा हुनुहुन्छ भने पदोन्नतिको अवसर मिल्नेछ । व्यापार व्यवसायमा पनि उतारचढाव आउनेछ । नयाँ गाडी वा नयाँ घर खरिद गर्ने सम्भावना छ । यो साता तपाईंले आफ्नो क्रोध र बोलीमा नियन्त्रण राख्नु प्रनेछ । साताको सुरुमा केही धैर्यता अपनाउनुपर्नेछ । आफ्नो कामलाई विस्तार गर्न अरुको सहयोग लिनुपर्ने हुनसक्छ । आफ्नो उत्साह नियन्त्रण गर्नुहोस्।

उपाय- ॐ नम शिवाय मन्त्रको सधैं जप गर्नुस् ।

वृष राशि

वृष राशि हुनेहरुका लागि यो साता आम्दानीका नयाँ स्रोतहरू उपलब्ध हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ । तपाईंले गरेका प्रयासहरूले चाँडै तपाईंको पक्षमा परिणाम ल्याउनेछन् । लामो समयदेखि चल्दै आएका सम्पत्तिसम्बन्धी समस्या समाधान हुनेछन्। यो साताको प्रारम्भमा तपाईंले कार्यस्थलमा समस्याको सामना गर्नुपर्नेछ, बुधवार पछि तपाईंले धेरै आराम पाउनुहुनेछ।

कतिपयले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने हुन्छ । जिद्दी नगर्नुहोस्, शान्त रहनुस् अन्यथा तपाईंले यो हप्ता समस्यामा पर्नुहुने छ । यो साता आमाको स्वास्थयमा ध्यान दिनुस् । तपाईंलाई विशेषगरी अनलाइन गेम र बेटिंग बजारबाट टाढा रहन सल्लाह दिइन्छ, यो साता तपाईंको लागि राम्रो छैन, आर्थिक नोक्सान हुनेछ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ, आध्यात्मिक जीवनको आनन्द मिल्नेछ । आफन्त तथा साथीभाइको आवतजावत हुनेछ र परिवारमा हर्षोल्लासको वातावरण बन्नेछ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

मिथुन राशि

मिथुन राशिका लागि यो साता तपाईंले आफ्नो करियरमा राम्रो प्रदर्शन गर्नुहुनेछ। हाकिमको सहयोगले सेवामा पदोन्नतिको सम्भावना छ । कार्यस्थलमा मानिसहरू तपाईंसँग खुसी हुनेछन् । तपाईंले आफ्नो करियरको बारेमा नयाँ लक्ष्यहरू बनाउनुहुने छ र ती लक्ष्यहरू पूरा गर्न प्रयास पनि गर्नुहुनेछ। ब्यापारीहरुले आफ्नो कम्पनी विस्तार गर्नुहुनेछ । यो साता तपाईंले आफ्नो कार्यशैलीमा केही परिवर्तन ल्याउने प्रयास गर्नुहुनेछ ।

बुधवार र बिहीबार लगानीमा जोखिम नलिनुहोस् र सेयर बजारबाट दूरी कायम गर्नुहोस् । तपाईंको प्रेम जीवन सुखमय रहनेछ । यो साता पत्नीको स्वास्थ्य बिग्रनसक्छ, सतर्क रहनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्। राजनीतिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो पार्टीको प्रवर्द्धन, मिहिनेत र नयाँ व्यक्तिहरूसँग भेटघाट हुनेछ । घर, जमिन र वाहनको सुख मिल्नेछ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

कर्कट राशि

कर्कट राशिका लागि यो साताको शुरुवात तपाईंको लागि राम्रो रहनेछ र कार्यक्षेत्रमा प्रतिद्वन्द्वीलाई जितेर अगाडि बढनुहुने छ । व्यापारिक दृष्टिकोणले यो साता तपाईंको लागि प्रगतिशील रहनेछ । शुक्रबार र शनिबार पैसाको लेनदेन नगर्नुहोस्, घाटा हुनेछ । महिला साथीसँग भेटघाटले तपाईंको भाग्य बढ्नेछ । बुवाको स्वास्थ्यका लागि अस्पताल जानुपर्ने हुनसक्छ । घरायसी कामका महत्वपूर्ण निर्णयहरूमा पनि तनावको स्थिति रहनेछ । जग्गाजमिन सम्वन्धी कार्य सफल बनाउन कठिनाइको सामना गर्नु पर्नेछ । प्राविधिक, इन्जिनियरिङ, मेकानिकलमा संलग्न विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न जान चाहनुहुन्छ भने प्रयास गर्नुहोस्, करियरमा नयाँ अवसर प्राप्त हुनेछ । आफ्नो खानपानमा विशेष ध्यान दिनुहोस् ।

उपाय- ॐ नम शिवायको पाठ गर्नुस् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूका लागि यो साता तपाईंको विगतमा गरिएको परिश्रमको फल मिल्नेछ । व्यक्तिगत जीवनमा आपसी सम्बन्धमा मिठास आउनेछ, केही व्यक्तिहरूसँग नयाँ प्रेम सम्बन्ध सुरु हुने सम्भावना छ अविवाहितहरूले विवाहको प्रस्ताव प्राप्त गर्नेछन् । साझेदारी व्यवसाय आपसी विश्वासमा मात्र नचलाउनुहोला समय-समयमा निरीक्षण गर्नुस् । चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले नयाँ अवसरको खोजी गर्नेछन्। परिवारमा आमाको खराब स्वास्थ्यका कारण कतिपयले अस्पतालको यात्रा गर्नुपर्नेछ । तपाईंलाई यो साता कतै नेतृत्व गर्ने मौका मिल्नेछ । यो साता तपाईंले आफ्नो तीक्ष्ण बुद्धिको प्रयोग गरेर आफ्नो व्यक्तित्व विस्तार गर्नुहुनेछ। उच्च शिक्षाको लागि विदेश जानेहरुका लागि सफलता मिल्नेछ। कतिपयलाई तीव्र गतिमा गाडी नचलाउन सल्लाह दिइन्छ । किनभने यो साता चोटपटक लाग्ने सम्भावना छ ।

उपाय- प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नुस् ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरु यो हप्ता तपाईंको करियरमा नयाँ लक्ष्य प्राप्त हुनेछ। व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । काममा तपाईंको कार्य प्रणालीको जनताले प्रशंसा गर्नेछन्। हाकिमको सहयोगले पदोन्नतिको सम्भावना छ । व्यापारिक यात्रा लाभदायी साबित हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ। ऋण , रोग र शत्रुबाट मुक्ति मिल्नेछ । घर, जग्गा, सवारी साधन सम्बन्धी कार्यमा सफलता मिल्नेछ । घरमा शुभ कार्य सम्पन्न हुनेछन् । सन्तानबाट शुभ समाचार प्राप्त हुनेछ ।साझेदारी कार्यमा विवादको स्थिति रहनेछ । लेखन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले आफ्नो लेखन क्षमताको उत्कृष्ट प्रयोग गर्नेछन् । यो हप्ता तपाईंलाई कसैलाई शंका नगर्न र आन्तरिक डरबाट मुक्त हुन सल्लाह दिइन्छ । यो साता केही महिला साथीहरुले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । साथीभाइसँग पनि सजग रहनुहोस्, केही मानिसहरूले तपाईंलाई नराम्रो बनाउन सक्छन् ।

उपाय: ॐ गम गणपताय नम १०८ जप गर्नुस् ।

तुला राशि

तुला राशिका व्यक्तिहरूका लागि यो साता तपाईंको नियमित आम्दानीमा समस्या देखिने छ, कुनैपनि काममा घाटा हुने सम्भावना छ । बुधवार र बिहीबार प्रियजनहरूसँग झगडा हुनसक्छ, ध्यान दिनुहोला । मनमा अशान्ति रहनेछ । यो साता प्रेम सम्बन्धमा राम्रो रहने छ । सांगीतिक क्षेत्रसँग आवद्ध व्यक्तिहरुले आफ्नो कला प्रस्तुत गर्ने मौका पाउने छन् । दाम्पत्य जीवनको जिम्मेवारी पूरा गर्न सकिनेछ। घरमा शुभ कार्य सम्पन्न हुनेछन् । आफन्त, इष्टमित्र तथा आफन्तबाट खुशीको खबर प्राप्त हुनेछ । काममा अलिकति लापरवाहीले घातक परिणाम ल्याउनेछ, ध्यान दिनु होला । युवायुवतीले प्राविधिक तथा व्यवस्थापनसँग सम्बन्धित करियरमा राम्रो सफलता हात पार्ने सम्भावना छ । मेडिकल प्रोफेशनमा बाहिर जानको लागि बाटो खुल्ने छ ।आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

उपाय- ॐ घृणि सूर्याय नमको जाप गर्नुस्, सूर्यलाई जल चढाउनुस् ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका लागि करियरको दृष्टिकोणले समय राम्रो छ । यो हप्ता तपाईले आफ्नो व्यक्तिगत प्रगतिमा ध्यान केन्द्रित गर्नुपर्ने छ । काममा मालिकबाट विशेष सहयोग मिल्नेछ । मान-सम्मानमा वृद्धि हुनेछ । पुरस्कार र उपहार प्राप्त हुनेछ । इन्जिनियरिङ, व्यवस्थापन र प्रशासनिक क्षेत्रमा संलग्न युवाहरूले सफलता प्राप्त गर्नेछन्। कम्प्युटर क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले नयाँ अवसर प्राप्त गर्नेछन्। यो साता घरजग्गाको काम गर्ने व्यक्तिको कारोवार रोकिने छ । यो साता केही व्यक्तिलाई वैदेशिक रोजगारीमा जाने अवसर मिल्नेछ बिहान हिड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ, यसलाई निरन्तरता दिनुहोस् । प्रेम सम्बन्धमा सफलता मिल्नेछ । आपसी सम्पर्कमा आत्मीयता बढ्नेछ । प्रेम सम्बन्धमा विवाहको सम्भावना बन्नेछ ।

उपाय- दुर्गा चालिसाको नियमित पाठ गर्नुस् ।

धनु राशि

धनु राशिका ब्यक्तिहरु यो साता सृजनात्मक क्षेत्रमा संलग्न युवाहरुको करियरमा विशेष प्रगति हुनेछ । यो साता आफ्नो करियरको लागि जुनसुकै योजना बनाउनुस्, त्यसैअनुसार सफलता मिल्नेछ । व्यक्तिगत प्रयासबाट कठिन लक्ष्यहरू प्राप्त गर्न सफल हुने प्रबल सम्भावना छ । यदि तपाईं यस समयमा आफ्नो नेटवर्किङ बढाउन चाहनुहुन्छ भने प्रयास गर्नुहोस् र तपाईं सफल हुनुहुनेछ । पेशाकर्मीहरूका लागि केही शुभ समाचार प्राप्त हुनेछ र केही नयाँ गर्ने इच्छा जाग्नेछ र त्यसका लागि प्रयास पनि गर्नुहुनेछ, यो साता तपाईको व्यक्तिगत जीवनमा केहि अप्रत्याशित र सुखद घटनाहरु घट्नेछन्, जसले तपाईको मनलाई खुशी पार्ने छ ।

आफ्नो प्रेमीसँग गुणस्तरीय समय बिताउनुहोस् । यदि तपाईं अविवाहित हुनुहुन्छ भने, तपाईंलाई विवाहको प्रस्ताव आउन सक्छ । भौतिक समृद्धिमा वृद्धि हुनेछ ।व्यवसायीहरूले आफ्नो सम्पर्कबाट आफ्नो व्यापारलाई अगाडि बढाउनेछन् । भविष्यका विकल्पहरूमा तपाईंको लगानी लाभदायक हुनेछ । यो साता तपाईले आफ्नो व्यापारबाट राम्रो आर्थिक लाभ प्राप्त गर्नुहुनेछ । यो साता तपाईको स्वास्थ्यमा सुधार आउनेछ। तपाईं स्वस्थ महसुस गर्नुहुनेछ ।

उपाय- ॐ नम शिवायको नियमित जाप गर्नुस् ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता यो साता करियरको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। तपाईं केही प्रभावशाली व्यक्तिहरूको सम्पर्कमा आउनुहुनेछ, जसले तपाईंलाई तपाईंको काममा सकारात्मक चीजहरू पाउने हुनेछ । नोकरीमा पदोन्नति मिल्नेछ, विद्यार्थीका लागि समय अनुकूल छ । बेरोजगारले रोजगारीको अवसर प्राप्त गर्नेछन्। आफ्नो व्यक्तिगत जीवनमा आफ्नो पार्टनरसँग उत्कृष्ट भावनात्मक क्षणहरू बिताउनुहुनेछ । यदि तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ र विवाह गर्न इच्छुक हुनुहुन्छ भने, भाग्यले तपाईंको साथ दिनेछ । अविवाहितहरुको विवाहको अवसर मिल्नेछ ।

अफिसमा तपाईंका सहकर्मीहरू र मातहतका कर्मचारीहरूले तपाईंलाई सहयोग गर्नेछन्। यदि तपाईं आइतबार कतै यात्रा गर्नुहुन्छ भने, सावधानीपूर्वक यात्रा गर्नुस् वा गर्दै नगर्नुस् किन भने तपाईं अनावश्यक समस्यामा पर्नुहुनेछ । यो साता तपाईंका केही बहुमूल्य वस्तुहरू हराउन सक्छन्, त्यसैले सावधान रहनुहोस् । यो साता केही व्यक्तिहरूले आर्थिक समस्याको सामना गर्नुपर्नेछ । तपाईंको लगानी गतिविधि गलत छ, यसले निश्चित रूपमा तपाईंको आर्थिक घाटा निम्त्याउनेछ।

उपाय – हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो साताको प्रारम्भमा धेरै पक्षबाट लाभको स्थिति रहनेछ। तपाईंले याे साता योजना समयभन्दा पहिले खुलासा नगर्नु उत्तम हुन्छ । अन्यथा तपाईं सफलता पाउनु हुनेछैन। तपाईंले आफ्नो साथीलाई सहयोग गर्नुहुनेछ र उसको व्यापार सफलतामा साझेदार बन्नुहुनेछ । यो समयमा करियरमा केहि परिवर्तन हुनेछ । तपाईंको कामबाट तपाईंको मालिक सन्तुष्ट हुनेछन्। तपाईंले आफ्नो स्थान परिवर्तन गर्ने सम्भावना पनि छ । व्यापार व्यावसायमा आम्दानी र खर्चमा समानता रहनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ। पेशाकर्मीले रोजगारी पाउनेछन् ।पत्नीसँग कुनै कुरामा मनमुटाव हुनेछ । पैतृक व्यवसायसँग सम्बद्ध व्यक्तिहरूले आफ्नो व्यापार विस्तार गर्ने योजना बनाउन सक्छन्।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् । सूर्यलाई जल चढाउनुस् ।

मीन राशि

मीन राशि हुने ब्यक्तिका लागि यो साता करियरको क्षेत्रमा प्रगति हुनेछ । पहिल्यै योजना बनाएको काम पूरा हुनेछ । यो साता कार्यस्थलमा कम कामका कारण धेरै मेहनत गर्नुपर्दैन । यो राशिका केही व्यक्तिहरू विदेशमा काम गर्न उत्सुक हुनेछन् र भिसाको लागि प्रयास गर्नेछन्। एक्लै काम गर्ने इच्छाले यो साता सफलताको बाटो खोल्नेछ।

यो साता उपलब्धिको कदर र परिवारका सदस्यहरूको सफलतामा हर्षित हुनेले सम्बन्धमा नयाँ जीवन थपिनेछ । सरकारी ठेकेदारका रूपमा काम गर्ने व्यक्तिको आर्थिक अवस्था मजबुत हुने केही विधेयक पारित हुनेछन् । व्यापारमा जोखिमपूर्ण सम्झौता नगर्नुहोस् । गत सातादेखि सानातिना विषयमा चलिरहेको व्यक्तिगत जीवनमा देखिएको तनाव हट्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। अविवाहित हुनुहुन्छ भने विवाहको प्रस्ताव आउनेछ । नयाँ लुगा र गहना प्राप्त हुनेछ । परिवारसँग घुम्न र रमाइलो गर्ने अवसर मिल्नेछ।

उपाय- ॐ नमो भगवते बासुदेवाय नमको जप गर्नुस् ।

Logo