काठमाडौंमा दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’

काठमाडौंमा दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । डिजिटल प्रविधिको प्रयोगमा अघि बढेको समाजलाई नयाँ प्रविधि र सञ्जालका विषयमा बताउँदै मैतीदेवीस्थित सनवे कलेजमा दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’ भव्यरुपमा मनाइएको छ ।

एडब्लुएस युजर ग्रुप नेपाल आयोजक तथा जेनेस सलुसन एवं सनवे कलेज सह–आयोजक रहेको कार्यक्रममा क्लाउडको बारेमा जान्न चाहने युवा, सूचनाप्रविधि पेसाकर्मी तथा अगुवाहरुको सहभागिता रह्यो ।

एडब्लुएस युजर ग्रुप नेपालका अगुवा तथा जेनेस सलुसनका प्रमुख कार्यकारी अधिकृत एडब्लुएस एमबेस्डर अञ्जनी फुयाँलले सन् २०१८ मा नेपालमा एडब्लुएस युजर ग्रुप स्थापना यताको यात्राको चर्चा गर्दै यो क्षेत्रमा भइरहेका पछिल्ला विकासक्रमसँगै अभ्यासहरुका बारेमा आफ्नो अनुभव साझा गरिन् ।

कार्यक्रमका प्रमुख वक्ता एडब्लुएसको भारत तथा दक्षिण एसियाका लागि सीआइओ एडभाइजरी ग्राहक सम्बन्ध विभागका प्रमुख विश्वजीत मोहपात्रले क्लाउड आर्किटेक्चर डिजाइनदेखि एडब्लुएस इन्फ्रास्ट्रक्चरलाई कसरी राम्रोसँग उपयोग गर्ने सम्बन्धमा प्रस्तुति दिए । उनले क्लाउडको प्रयोगमा विश्व कसरी अघि बढेको छ भन्ने आफ्नो प्रस्तुतिमा देखाए ।

त्यस्तै एडब्लुएस इन्डियामा डेभलपर मार्केटिङ म्यानेजर रिधिमा कपुरले क्लाउड कम्प्युटिङ, उदाउँदा प्रविधिहरु र एडब्लुएस सलुसन्सको रुपान्तरकारी शक्तिबारे जानकारी दिइन ।

कोर टेक्निकल सत्रमा बोल्दै नेपालमा अमेजन वेब सर्भिसेजका एमबेस्डडर सुशान्त पौडेलले एडब्लुएस नाइट्रो कार्ड्स लगायतका विषयमा रोचक प्रस्तुति दिए ।

दिनभरको सत्रमा सहभागीले ब्लकचेन, कृत्रिम बौद्धिकता, पर्फर्मेन्स कम्प्युटिङ तथा क्लाउड कम्प्युटिङ प्रविधिजस्ता अमेजन वेब सर्भिसेजसँग आबद्ध प्रविधिबारे जानकारी प्राप्त गरेका थिए । स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्न चाहनेका लागि सेसनहरु उपयोगी भएका थिए ।

‘क्लाउड सेक्युरिटी ट्रयाक’ मा सुन्दर श्रेष्ठ, अविरल संग्रौला लगायतका वक्ताले अमेजन आरिरा र अमेजन आरडीएसको भेक्टर डेटाबेस पावरको व्यावहारिक असरहरुबारे बताए ।

कार्यक्रममा सनवे कलेजका निर्देशक कुशल रेग्मीले आफ्नो कलेजमा पढाइ हुने सूचनाप्रविधिमा आधारित पाठ्यक्रमबारे जानकारी पनि दिएका थिए । कार्यक्रमले नेपाल तथा विदेशबाट सहभागीलाई विचार आदानप्रदान र क्लाउड कम्प्युटिङ सम्बन्धी पछिल्लो विकासबारे छलफल गर्न एक मञ्च उपलब्ध गराइएको आयोजकले जनाएका छन् ।

Logo