सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका कर्मचारी मृत फेला

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका कर्मचारी मृत फेला

केन्द्रबिन्दु
9
Shares

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका एक जना कर्मचारी मृत फेला परेका छन् । बिहीवार सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनको घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ। सुसाइड नोटमा आफ्नो मृत्युमा कसैको हात छैन, अरुलाई दोष लगाउनु पर्दैन भनेर उल्लेख भएको छ। निलम्बनमा परेका पोखरेल मुद्दा दायर गर्नुअघि वन तया वातावरण मन्त्रालयमा कार्यरत थिए ।

अख्तियारले २०८० वैशाख ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले यही जेठ ८ गते तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो ।

Skip This
Skip This
Logo