तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको आगामी साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
154
Shares

२०८१ जेठ १३ देखि १९ गतेसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

मेष राशि हुनेहरुका लागि यो साता निकै शुभ रहनेछ । साताको प्रारम्भमा कामप्रति निकै उत्साहित हुनुहुनेछ । राजनीतिमा ठूलो सफलता मिल्नेछ । मेष राशिका व्यक्तिहरूले ठूलो आर्थिक लाभ प्राप्त गर्नेछन् । कार्यस्थलमा सहकर्मीसँगको विवाद समाधान हुनेछ । यदि तपाईं आफ्नाे व्यवसायमा केही परिवर्तन गर्न चाहानुहुन्छ भने, धेरै राम्रो नतिजा प्राप्त गर्ने सम्भावना छ ।

तपाईंको लागि यो साता निकै शुभ रहनेछ । नयाँ कार्यको लागि तपाईं धेरै उत्साहित हुनुहुनेछ । यो साता अति आत्मविश्वासका कारण गल्ती हुनसक्छ । तपाईंले बोल्दा शब्दहरू सावधानीपूर्वक छनौट गर्नुपर्दछ, अन्यथा धेरै राम्रा मानिसहरू पनि तपाईंसँग रिसाउन सक्छन् । यो हप्ता व्यापारमा धेरै नयाँ कुराहरू सिक्न सक्नुहुन्छ । उच्च प्रशासनिक पदमा कार्यरत व्यक्तिहरूले नयाँ व्यापार सुरु गर्न सक्नेछन्।

उपाय- ॐ नमो भगवते बासुदेबाय नम नियमित एक माला जप गर्नुस् ।

वृष राशि

वृष राशि हुने व्यक्तिहरूका लागि यो साता करियरकै राम्रो रहनेछ। कार्यस्थलमा पदोन्नतिको सम्भावना छ । तपाईंको कामको प्रशंसा हुनेछ र तपाईंले नयाँ अवसर प्राप्त गर्न सक्नुहुनेछ । तर, आफ्नो मेहनत जारी राख्नुहोस् । तपाईंको आर्थिक स्थितिमा सुधार आउन सक्छ । अनावश्यक खर्चबाट बच्नुहोस् र बचत गर्ने प्रयास गर्नुहोस् । धैर्य रहनुस्, शान्त रहनुस् ।

यो साता कसैसँग साझेदारीमा आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ । यसका साथसाथै आफ्नो चलाखीले आफ्नो सफलतालाई अझै बढाउन सक्नुहुन्छ। व्यवस्थापनमा सुधार भएर आम्दानी बढ्नेछ । तपाईंले विगतका गल्तीहरूबाट धेरै सिक्न सक्नुहुन्छ । राशिमा शुभ ग्रहहरुको प्रभावले समाजमा तपाईंको प्रभाव बढ्नेछ। जागिर खानेहरुको आम्दानीमा वृद्धि हुने सम्भावना छ । अधिकारी वर्गसँगको सम्बन्ध सुमधुर हुनेछ । साताको अन्त्यमा काममा ठूलो पद प्राप्त हुनसक्छ ।

जीवनसाथीसँगको मतभेद सुल्झाउन यो साता निकै राम्रो छ । व्यवसायीहरूले अन्य व्यापार अवसरहरू प्राप्त गर्न सक्छन् । बिहीबारपछिको समय निकै शुभ रहनेछ ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

मिथुन राशि

मिथुन राशि हुनेहरुकाे यो साता कार्यस्थलमा मान सम्मान बढ्नेछ । ऋण लिएको पैसा फिर्ता हुने सम्भावना छ । आफ्नो सिद्धान्तसँग कत्ति पनि सम्झौता नगर्नुहोस्। वैदेशिक व्यापारमा विस्तार हुने सम्भावना छ । कार्यस्थलमा कर्मचारीहरूको व्यवहारमा नजर राख्नुहोस्। बचत भएको पैसा खर्च हुनसक्छ ध्यान दिनुहोला । यो साता आफ्नो जीवनसाथीसँग कतै बाहिर जानुहोस्, प्रेमपूर्वक समय बिताउनुस् । अचानक व्यापार खर्च बढ्न सक्छ । यी खर्चहरू नियन्त्रण गर्न तपाईंलाई समय लाग्नेछ।

साताको प्रारम्भ व्यापारका लागि शुभ रहनेछ । कार्यस्थलमा केही समस्या आएपछि स्थितिलाई नियन्त्रण गर्नुहुनेछ। बीमा तथा शेयर बजार आदिमा लगानी गरेर आर्थिक लाभ लिन सकिन्छ । निर्माण कार्यमा प्रगति गर्न सकिनेछ । हरेक काम राम्ररी सोचेर गर्नुपर्छ । कानूनी मामिलामा थोरै लापरवाही महँगो साबित हुनसक्छ ध्यान दिनुहोला ।

उपाय- ॐ गम गणपताय नमको नियमित जप गर्नुस् ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यो साता आम्दानीमा उल्लेखनीय वृद्धि हुनसक्छ । घरजग्गासँग सम्बन्धित व्यक्तिहरूले ठूलो रकम प्राप्त गर्न सक्छन् । सहकर्मीबाट सिक्ने प्रयास गर्नुहोस्, अनुभवको कमीले काममा बाधा आउन सक्छ। आफ्नो अधिकारको दुरुपयोग नगर्नुहोस् । यो साता व्यापारिक मामिलामा धैर्यताका साथ अगाडि बढ्नुहोस् ।

आयात–निर्यात व्यवसायमा संलग्न व्यक्तिहरूले होसियारीपूर्वक अघि बढ्नुपर्छ । महिनाको अन्तिम साताबाट रोकिएका कामहरु सुचारु गर्ने प्रयास हुनेछ । यो साता वैवाहिक सम्बन्ध धेरै रोमान्टिक हुनेछ । आफ्ना दाजुभाइ दिदीबहिनीहरूलाई मद्दत गर्नुहोस्, तपाईंलाई राम्रो हुने छ । आफ्नो दैनिकी सन्तुलित राख्नुहोस्। धर्म र नैतिक मूल्यहरूको आलोचना नगर्नुहोस्।

उपाय- लक्ष्मी चालिसाको पाठ गर्नुस् ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूले यो साता कार्यस्थलमा आफ्नो विशेष पहिचान बनाउनेछन् । यो साता तपाईंका लागि अनुकूल छ । समयमै काम पूरा गर्ने बानी बनाउनुस्, व्यापारमा ऋण लिनबाट जोगिनुहोस्। आर्थिक र सामाजिक रूपमा बलियो हुनुहुने छ । व्यवसायीहरूले राम्रो काम प्रस्ताव पाउन सक्छन्। व्यवसायमा तपाईंको सल्लाहबाट मानिसहरूले फाइदा लिन सक्छन्। कुनै नयाँ लगानी वा नयाँ काम सुरु गर्न चाहनुहुन्छ भने मंगलबारदेखि शुक्रबारसम्मको समय निकै राम्रो रहनेछ । यो साता तपाईं क्रोधित रहन सक्नुहुन्छ, जसका कारण केही सहकर्मीहरू तपाईंसँग रिसाउन सक्छन्। सम्हालिनुहाेस् ।

आयव्ययमा सन्तुलन मिलाउन व्यापार व्यवसायमा जोडिनु पर्नेछ । विपरित लिङ्गका व्यक्तिहरुसँग विवाद हुनसक्छ । जमिनसम्बन्धी मामिलामा कम परिश्रम गर्दा धेरै लाभ मिल्ने सम्भावना छ । व्यापारिक मामिलामा आफ्नो विवेक अनुसार निर्णय लिनुहोस्। सरकारी काममा पनि गति आउनेछ । प्रभावशाली व्यक्तिहरूसँग लाभदायक भेटघाट हुनसक्छ।

उपाय- नियमित हनुमान चालिसाको पाठ गर्नुस् र गायत्री मन्त्रको जप गर्नुस् ।

कन्या राशि

कन्या राशिमा यो साता तपाईं उर्जाले भरिपूर्ण हुनुहुनेछ, भविष्यका लागि केही ठूलो योजना बनाउन सक्नुहुन्छ । वैदेशिक शैक्षिक संस्थामा भर्ना हुन चाहने विद्यार्थीहरुको लागि यो साता निकै अनुकूल रहेको छ । तपाईंको कार्यस्थलमा तपाईंभन्दा वरिष्ठ व्यक्तिहरूले धेरै सहयोग गर्नेछन्। शनिबार व्यापार यात्रामा जान सक्नुहुनेछ । कला र राजनीतिसँग सम्बन्धित व्यक्तिहरूलाई राम्रो अवसर मिल्नेछ। साताको धेरैजसो समय परिस्थितिहरू व्यवस्थापनमा बित्न सक्छ । यदि तपाईं कुनै पनि ठूलो व्यवसायमा प्रवेश गर्न चाहनुहुन्छ भने, तपाईंले धेरै सावधानीपूर्वक अगाडि बढ्नुपर्छ ।

यो साता तपाईंले आफ्नो काममा केही चुनौतीहरूको सामना गर्नुपर्नेछ, त्यसकारण आफ्नो योजनाहरू सावधानीपूर्वक लागू गर्न आवश्यक छ । सहकर्मीहरूसँग समन्वय कायम राख्नुहोस् र कुनै पनि विवादबाट टाढा रहनुहोस् । धैर्य र परिश्रम छ भने अवश्य सफलता मिल्नेछ । आर्थिक लाभ हुने सम्भावना छ । तपाईंले नयाँ अवसर प्राप्त गर्न सक्नुहुनेछ जसले तपाईंको आम्दानी बढाउन सक्छ । साताको सुरुवात वैवाहिक सम्बन्धमा खराब रहन सक्छ । यद्यपि, समग्र वैवाहिक जीवन निकै सन्तुलित रहनेछ। शत्रुहरु तपाईंको अगाडि निकै कमजोर हुनेछन् । परिवारमा मनमुटावको वातावरण बन्न सक्छ। तपाईं आफ्नो जीवनसाथीको व्यवहारबाट थोरै दुखी हुन सक्नुहुन्छ।

उपाय- दैनिक विष्णु सहस्रनाम स्तोत्र नियमित पाठ गर्नुस् ।

तुला राशि

तुला राशिका व्यक्तिहरूले यो साता काममा अलिकति मिहिनेत गर्नुपर्ने हुनसक्छ । सहकर्मीहरूसँग मतभेद हुनसक्छ, त्यसैले धैर्य गर्नुहोस्। जागिरको खोजीमा हुनुहुन्छ भने यो साता राम्रो अवसर मिल्नसक्छ । लगानी गर्नुअघि सोचेर निर्णय लिनुहोस्। आफ्नो परिवारका सदस्यहरूसँग धैर्य र समझदारीसँग प्रस्तुत हुनुहोस् । आफ्नो स्वास्थ्यको ख्याल गर्नु आवश्यक छ । तपाईं थकित र कमजोर महसुस गर्न सक्नुहुन्छ । सम्पत्ति वा शेयर बेचबिखनमा सावधान रहनुहोस् । व्यापार व्यवसायमा गति रहनेछ । आर्थिक स्थिति पूर्णतया अनुकूल रहनेछ । साताको सुरुवात तपाईंको लागि शुभ रहनेछ। तपाईंको नम्रता र लचिलो स्वभावबाट मानिसहरू धेरै आकर्षित हुनेछन्। यो साता नकारात्मक व्यक्तिबाट टाढा रहनु होला ।

सुगरका बिरामीकाे स्वास्थ्यमा समस्या आउन सक्छ । पर्याप्त मात्रामा पानी पिउनुहोस्। केही मानिसहरूले तपाईंलाई झूटा वाचा गर्न सक्छन्। त्यसैले सतर्क पनि रहनुपर्छ । दिनचर्या अलि अव्यवस्थित हुनसक्छ।

उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका यो साता राम्रो रहनेछ । तपाईंलाई नयाँ अवसर मिल्न सक्छ वा तपाईंको कामको प्रशंसा हुन सक्छ। आर्थिक लाभ हुने सम्भावना छ । काममा सहजता रहनेछ । आफ्नो जीवनशैलीमा अनुशासन कायम राख्नुहोस्। मनोरञ्जनमा खर्च बढ्नेछ । जीवनसाथीबाट करियरमा ठूलो सफलता मिल्नसक्छ । यदि तपाईं आफ्नो प्रेमीसँग विवाह गर्न चाहनुहुन्छ भने, यो हप्ता तपाईंको लागि धेरै अनुकूल अवसर छ । राजनीतिमा हुनेहरुका लागि जनताले तपाईंको विचारलाई सम्मान गर्नेछन्। यो हप्ता, विद्यार्थीहरूले निश्चित रूपमा सही दिशामा आफ्नो कडा परिश्रम र समर्पणको फल पाउनेछन्। आर्थिक समस्याको अन्त्य हुने सम्भावना छ । कडा परिश्रम र योजनाबद्ध लगानीबाट राम्रो नाफा कमाउनुहुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ ।

उपाय- ॐ नम शिवायको नियमित जप गर्नुस् ।

धनु राशि

धनु राशि हुनेहरुका यो साता व्यवसाय विस्तार गर्ने अवसर मिल्नेछ । व्यवसायीले लगानीकर्ताबाट लाभ लिन सक्छन् । पुराना घाटाको भरपाई गर्न याे साता राम्राे छ । तपाईं आफ्ना शत्रुहरूमाथि हावी हुनुहुनेछ । उत्पादनसम्बन्धी कार्यमा प्रगति हुनेछ । यो साता कार्यस्थलमा केही चुनौतिको सामना गर्नुपर्नेछ । कामको बोझ धेरै हुनसक्छ र तपाईंले धेरै कार्यहरू एकैसाथ पूरा गर्नुपर्ने हुनसक्छ ।

नयाँ सम्पर्कहरूसँग जोडिन र आफ्नो योजनाहरू अगाडि बढाउनको लागि यो राम्रो साता हो । धन आर्जन हुने सम्भावना छ, अलिकति सावधानी अपनाउनुपर्नेछ । परिवारका सदस्यहरूसँगको विवाद समाधान हुनेछ । अनावश्यक धन खर्च हुनसक्छ । कसैको भावनाको अपमान नगर्नुहोस्। यो साता बोल्नुअघि आफ्नो शब्दहरूमा ध्यान दिनुहोला ।

उपाय- विष्णु सहस्त्रनामको नियमित पाठ गर्नुस् ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता शुभ समाचार प्राप्त हुनसक्छ । मनमा वैचारिक उथलपुथल हुनेछ । सरकारी कामबाट फाइदा लिन सकिनेछ । उच्च अधिकारीहरू तपाईंको कामबाट सन्तुष्ट हुनेछन् । यो हप्ता तपाईंले आफ्नो जीवनशैलीमा धेरै पैसा खर्च गर्नुहुनेछ, ध्यान दिनुहोला । बौद्धिक छलफलमा भाग लिन सकिनेछ । समाजमा तपाईंको प्रभाव बढ्नेछ । घरमा पूजाआजाको वातावरण रहनेछ। तपाईंका ठूला राजनीतिक सम्बन्धहरू विकास हुन सक्छन्। उच्च अधिकारी तपाईंको नियन्त्रणमा रहनेछन्। अरुलाई सहयोग गर्ने प्रयास हुनेछ । दाम्पत्य जीवन निकै सुखमय रहनेछ । मंगल ग्रहको राशि परिवर्तनले तपाईंलाई ठूलो लगानी गर्न प्रेरित गर्न सक्छ। परिवारसँग बिदा मनाउने सोच बन्ने छ । प्रेम विवाहको सम्बन्धमा परिवारबाट उचित सहयोग प्राप्त हुने छैन । धेरै आदर्शवादले तपाईंलाई केहि इच्छित विकल्पहरूबाट टाढा राख्न सक्छ ।

उपाय- राम रामाय नमको नियमित जप गर्नुस् ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुकाे यो साता आर्थिक स्थिति बलियो रहनेछ । पुरानो लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ । तपाईंको मेहनत र काममा लगनशीलताको फल मिल्नेछ । नयाँ परियोजनाहरू वा पदोन्नति प्राप्त गर्न सक्नुहुन्छ । बाँकी रहेका सामान बेचेर व्यवसायीले राम्रो आर्थिक नाफा कमाउन सक्छन् । परिवारका सदस्यहरूसँगको सम्बन्ध धेरै राम्रो हुनेछ ।

साताको प्रारम्भमा तपाईंले आफ्नो करियरमा राम्रो विकल्प पाउनुहुनेछ । तपाईंको आर्थिक स्थिति बलियो रहनेछ। काममा परिस्थिति अनुकूल रहनेछ।ब्यापार ब्यबसायमा लाभ हुने सम्भावना छ । रोजगारीका लागि दौडधुपको स्थिति रहनेछ । विवाह योग्य छोराछोरीको विवाह तय गर्ने समय छ । नयाँ पसल वा घरमा स्थानान्तरण गर्ने विचारमा हुनुहुन्छ भने शुभ रहनेछ । तपाईंलाई तपाईंको जीवनसाथीबाट नैतिक रूपमा धेरै राम्रो समर्थन रहनेछ । घरमा धार्मिक कार्यक्रमको वातावरण रहनेछ । स्वास्थ्यमा साना–ठूला समस्या आउनेछन् । मनमा अज्ञात अशुभको भय रहनेछ। अपरिचित व्यक्तिलाई धेरै विश्वास गर्नु उचित हुनेछैन ।

उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।

मीन राशि

मीन राशिका व्यक्तिहरुले यो साता त्यस्तो काम गर्ने प्रयास गर्नेछन् जसले जीवनमा परिवर्तन ल्याउनेछ । तपाईंकाे आत्मविश्वासमा अत्यधिक सुधार आउनेछ जसका कारण मन प्रफुल्लित रहनेछ । नयाँ योजनाको लागि पैसा बचत हुनेछ। दाम्पत्य जीवनमा प्रेम भावना बढ्नेछ। लामो समयदेखि रोकिएका निर्माण कार्यले गति लिनेछ । व्यापार यात्राबाट ठूलो आर्थिक लाभ हुनेछ। भाग्यको पूर्ण साथ मिल्नेछ । कसैलाई प्रपोज गर्न चाहनुहुन्छ भने यो साता निकै शुभ रहनेछ ।

विपक्षीहरूसँग सम्झौता गरेर विवाद समाधान गर्ने रणनीतिमा काम गर्न सक्नुहुन्छ। उच्च पदमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध रहनेछ। उच्च अध्ययन गर्न चाहने विद्यार्थीहरूले कडा परिश्रम गर्न आवश्यक छ, तिनीहरूले राम्रो परिणाम प्राप्त गर्नेछन्। रोजगारीका लागि दौडधुपको स्थिति रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । यो साता बेकारको काममा आफ्नो समय खेर नफाल्नुहोस् । यात्राको सन्दर्भमा केही अन्योलमा पर्न सक्नुहुन्छ।

उपाय- ऊँ हं हनुमते नमः १०८ जप गर्नुस् ।

Skip This
Logo