काठमाडौं ।
चन्द्रागिरीमा आज मिनिट्रक दुर्घटना भएको छ । सो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका–२, मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक दुर्घटना भएको हो । मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सिन्धुलीका २४ वर्षिय मनिष कार्की र ट्रक चालकको मृत्यु भएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।





























प्रतिक्रिया