सिक्किम आइपुग्यो यो वर्षको मनसुन

सिक्किम आइपुग्यो यो वर्षको मनसुन

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ ।

पर्‍यो पानी, उपत्यकावासीलाई राहत

आज बिहानै देखि घाम चर्किएर हपहप गर्मी खेपिरहेका उपत्यकावासीलाई केहीबेर अघि परेको एकझर पानीले ठूलो राहत मिलेको छ । उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौंसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्यूठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा भएको विभागको भनाई छ ।

Skip This
Skip This
Logo