२०८१ जेठ २७ देखि असार १ गतेसम्मको राशिफल ।
ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ। हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –
मेष राशि
यो साताको सुरुवात तपाईंको लागि राम्रो रहनेछ । आफ्नो करियरमा नयाँ दिशा र नयाँ बाटो पाउनुहुनेछ । बहुप्रतिक्षित कार्यमा सफलता मिल्ने सम्भावना छ । तपाईंले उच्च शिक्षाको नयाँ स्रोत प्राप्त गर्नुहुनेछ । समाजमा तपाईंको छवि धेरै राम्रो बन्न सक्छ । तपाईंको जीवनसाथीप्रति आदरको भावना बढ्नेछ । व्यवसायमा नयाँ सहयोगी थप्न सकिनेछ । मार्केटिङसँग सम्बन्धित व्यक्तिहरूका लागि यो साता विशेष फलदायी रहनेछ।
यो साता सामाजिक रुपमा पनि सक्रिय रहनु हुने छ । यदि तपाईं कुनै अन्तर्वार्ता आदिमा भाग लिन चाहनुहुन्छ भने, यो साताले अनुकूल अवसरहरू सिर्जना गर्न सक्छ । चल-अचल सम्पत्तिबाट लाभ हुनेछ । दाम्पत्य जीवनमा सुख शान्तिको वातावरण रहनेछ । आफन्तबाट सहयोग मिल्नेछ । यो साता तपाईंलाई कुनै पनि व्यापार नगर्न सल्लाह दिइन्छ । यसले तपाईंलाई कार्यस्थलमा आउने बाधाहरूबाट बचाउनेछ, यसले गरिरहेकाे काममा परिवर्तन ल्याउन सक्छ । तपाईंले आफ्नो जागिर गुमाउन सक्नुहुन्छ र त्यसपछि तपाईंले राम्रो काम पाउन हुनेछ ।
उपाय- ॐ नम शिवाय नियमित एकमाला जप गर्नुस् ।
वृष राशि
वृष राशि हुने व्यक्तिहरूले यो समय करियरको क्षेत्रमा केही कठिनाइहरूको सामना गर्नुपर्नेछ । आर्थिक लेनदेनमा अवरोधको सामना गर्नु पर्नेछ। साताको उत्तरार्धमा परिस्थितिमा सुधार आउनेछ । काममा उच्च अधिकारीको सहयोग मिल्नेछ, व्यापारमा ठूलो सम्झौता वा काम मिल्ने सम्भावना छ। साताको प्रारम्भमा मानिसहरूले तपाईंको विचारको धेरै प्रशंसा गर्नेछन् । तपाईं आफ्नो कार्य शैली परिवर्तन गर्न प्रयास गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो सीप बढाउनको लागि अध्ययनमा रुचि पनि लिन सक्नुहुन्छ । व्यवसायमा तपाईंले आफ्नो उत्पादनको गुणस्तरमा धेरै ध्यान दिनुहुनेछ। प्रेम सम्बन्धको पूर्ण आनन्द मिल्नेछ। तपाईं आफ्नो प्रेमीलाई विवाहको लागि प्रस्ताव पनि गर्न सक्नुहुन्छ । व्यापारमा नयाँ बाटो खुल्ने सम्भावना छ । आध्यात्मिक मामिलामा रुचि बढ्न सक्छ । उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूले आफ्नो लक्ष्य हासिल गर्न कडा परिश्रम गर्नुपर्नेछ।कानुनी मामिलामा समस्याको सामना गर्नुपर्नेछ । अनैतिक गतिविधिबाट पूर्णतया टाढा रहनुहोस् । जागिर परिवर्तन गर्ने उद्देश्यले यात्रा गर्दै हुनुहुन्छ भने यो साता शुभ छैन ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि यो साता करियरको क्षेत्रमा मिहिनेतले मात्र सफलता मिल्नेछ । जागिरमा स्थानान्तरण र बढुवाको पूर्ण सम्भावना छ । व्यापारमा सफलता, आर्थिक लाभ, इच्छित कार्यमा सफलता मिल्नेछ । व्यावसायिक शिक्षा, एमबीए, होटल म्यानेजमेन्ट आदि क्षेत्रमा आबद्ध युवाहरूले विशेष लाभ पाउनेछन् । यो साता ऋण लिएको पैसा फिर्ता पाउन सकिनेछ । तपाईंको सहयोगले धेरैको अधुरो काम पूरा हुनसक्छ ।
साताको सुरुवात तपाईंको लागि शुभ रहनेछ । विदेश यात्राको योजना बन्न सक्ने सम्भावना छ । तपाईंको सामाजिक सर्कल बढ्नेछ । धार्मिक तथा अन्य सामाजिक कार्यमा रुचि बढ्न सक्छ । साथीभाइसँगको पुरानो मतभेद सुल्झाउन यो साता निकै राम्रो छ । पारिवारिक जीवनमा जिम्मेवारी राम्ररी पूरा हुनेछ । बुबाआमा, बुढापाकाको स्वास्थ्यको कारणले चिन्तित हुनेछन् । अत्यधिक खर्चका कारण आर्थिक समस्याको सामना गर्नुपर्नेछ । घरायसी सम्पति सम्बन्धी कुनै मामिलामा विवाद छ भने त्यसलाई सौहार्दपूर्ण रुपमा समाधान गर्ने प्रयास गर्नुहोस् ।
उपाय- दैनिक विष्णु सहस्रनाम स्तोत्र नियमित पाठ गर्नुस् ।
कर्कट राशि
यो साता तपाईं जागिर खोज्दै हुनुहुन्छ वा नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने, प्रयास गर्नुहोस् र तपाईं सफल हुनुहुनेछ । तपाईंको आत्मविश्वास धेरै बलियो हुनेछ । पद, प्रतिष्ठा, नोकरी र व्यवसायमा प्रगति हुनेछ । सरकारी र अदालतसँग सम्बन्धित मामिलामा निर्णय तपाईंको पक्षमा हुनेछ । याे साता तपाईंको लागि एकदम व्यस्त रहनेछ ।
यदि तपाईंले आफ्नो पैसा कतै लगानी गर्नुभयो भने, तपाईंले यसलाई भविष्यमा दोब्बर पाउनुहुनेछ । व्यापार व्यवसायीहरुका लागि यो साता राम्रो छ । केही ठूला निर्णय पनि लिन सकिनेछ । अनुसन्धानसम्बन्धी काममा रुचि लिन सकिनेछ । शेयर बजारमा गरेको लगानीबाट लाभ मिल्नेछ । साताको अन्त्यमा व्यापारमा ठूलो आर्थिक लाभ मिल्नेछ । ती मानिसहरूलाई धेरै विश्वास नगर्नुहोस् जससँग तपाईंको सम्बन्ध बलियो छैन। साताको मध्यमा घरमा तनाव बढ्न सक्छ।
उपाय- ॐ गम गणपताय नमको १०८ नियमित जप गर्नुस् ।
सिंह राशि
यो साता सामान्य रहनेछ । पहिलो दिन तपाईका लागि निकै राम्रो रहनेछ। परिवारसँग राम्रो समय बिताउनुहुनेछ । प्रियजनबाट उपहार प्राप्त हुनसक्छ । लामो समयदेखि रोकिएको यात्राको सम्भावना पनि छ । जीवनसाथीप्रति प्रेमको भावना बढ्नेछ । बुधवार व्यापार सम्झौताको लागि धेरै अनुकूल छ । यो साता धेरै कामहरू एकैसाथ पूरा गर्ने योजना बनाउन सक्नुहुन्छ । कार्यस्थलमा मानिसहरूले तपाईंको क्षमताको प्रशंसा गर्नेछन् ।
विद्वानहरूमाझ तपाईंको प्रतिष्ठा बढ्नेछ । तपाईंको हातमा एकैपटक धेरै कामहरु हुनाले चिन्ता बढ्न सक्छ, जसको कारण तपाईं पक्कै चिन्तित रहनुहुनेछ, तर तपाईं आमाको स्वास्थ्यको बारेमा अलि चिन्तित हुन सक्नुहुन्छ । सामाजिक कार्यक्रममा पनि सहभागी हुनुहुनेछ र अवश्य लाभ उठाउनुहुनेछ । यदि रोजगारी भएका व्यक्तिहरूले जागिर परिवर्तन गर्न खोजिरहेका छन् भने उनीहरुले सफलता पाउन सक्छन् ।
उपाय- ॐ नम शिवायको नियमित जप गर्नुस् र सूर्यलाई जल चढाउनुस् ।
कन्या राशि
यो साता रचनात्मक कार्यमा सफलता मिल्नेछ । अरुलाई पनि सहयोग गर्न अगाडि आउनुहुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले मन प्रसन्न रहनेछ । कुनै पनि काम हतारमा नगर्नुहोस् अन्यथा काम बिग्रन सक्छ । व्यापार व्यवसायमा अपेक्षित सफलता मिल्नेछ । यो साता तपाईंको लागि धेरै राम्रो रहनेछ । तपाईंले चाहनु भएको परिणाम प्राप्त गर्नुहुनेछ । व्यापारिक प्रयोजनका लागि धेरै व्यक्तिसँग भेटघाट हुनेछ ।
अविवाहितको विवाह तय हुन सक्छ । नयाँ प्रेम सम्बन्ध सुरु हुनसक्छ । यो साता करियरको हिसाबले राम्रो रहनेछ । कार्यक्षेत्रमा धेरै सफलता मिल्नेछ । तपाईंले धेरै राम्रो करियर अवसरहरू पाउन सक्नुहुन्छ । तपाईंको कौशलको आधारमा नाेकरी प्राप्त गर्नको लागी पर्याप्त भाग्यशाली हुनसक्छ । यसले तपाईंको आत्मविश्वास मात्र बढाउँदैन, तपाईंलाई कडा परिश्रम गर्न उत्प्रेरित गर्नेछ । केही मानिसहरूले तपाईंको बारेमा गलत कुराहरू फैलाउने प्रयास गर्नेछन् । व्यर्थका काममा समय बर्बाद नगर्नुहोस् ।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।
तुला राशि
यो साता तपाईंको स्वास्थ्य राम्रो रहनेछ । परिवारसँग पिकनिकमा जान सकिनेछ । धार्मिक आस्थामा तपाईंको आस्था बलियो हुनेछ । साताको प्रारम्भमा रोजगारीमा रहेका व्यक्तिको पदोन्नति हुन सक्छ । आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्नेछ। व्यवसायसँग सम्बन्धित कुनै गम्भीर समस्या समाधान हुनसक्छ । आफ्नो कामलाई बढाउन विज्ञहरुको सल्लाह लिन सक्नुहुन्छ । अधिकारीहरूले तपाईलाई धेरै विश्वास गर्नेछन्। तिनीहरूले तपाईंलाई केही महत्त्वपूर्ण जिम्मेवारी सुम्पन सक्छन् ।
सेयर बजारमा लगानी गर्दा धेरै लाभ हुनेछ । साताको मध्य भाग तपाईंको लागि धेरै शुभ रहनेछ । यो साता तपाईंको करियरमा प्रगति गर्न वा नयाँ परियोजना सुरु गर्नको लागि अनुकूल समय छैन । तपाईंको व्यक्तिगत जीवनमा यस समयमा कसैसँग भावनात्मक रूपमा संलग्न हुन सक्नुहुन्छ, जसले भविष्यमा तपाईंको जीवनमा नयाँ मोड ल्याउनेछ । आपसी सम्बन्धमा मधुरता बढ्नेछ । केही व्यक्तिहरूले नयाँ प्रेम सम्बन्ध सुरु गर्न सक्छन् । यदि तपाईंलाई कुनै पनि विषयको बारेमा कुनै शंका छ भने, यसलाई जाँच गर्नुहोस् । आफ्नो जीवनसाथी प्रति आफ्नो व्यवहार राम्रो राख्नुहोस्।
उपाय- हनुमान चालिसा नियमित पाठ गर्नुस् ।
वृश्चिक राशि
यो साता तपाईंले आफ्ना विगतका गल्तीहरूबाट पाठ सिक्न र आफ्नै रणनीति बनाउन सक्नुहुन्छ, जसका फाइदाहरू तपाईंले चाँडै नै पाउनुहुनेछ । सन्तान तथा परिवारका लागि साता निकै महत्वपूर्ण रहनेछ । नयाँ सम्पत्तिमा लगानी गर्न सकिनेछ । जीवनसाथीको स्वास्थ्यसम्बन्धी समस्या समाधान हुनेछ । साथीभाइबाट राम्रो सहयोग मिल्नेछ । मार्केटिङ सम्बन्धी काममा सफलता मिल्नेछ ।
यो साता बेरोजगारहरूले आफ्नो करियरमा सकारात्मक नतिजा पाउनेछन् । रोजगारीको क्षेत्रमा केही सुखद परिवर्तन हुनेछ । युवा वर्गले कार्यस्थलमा पूर्ण जोश र उत्साहका साथ काम गर्नेछन् । तपाईंको काममा ग्लैमर थपिनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ । सरकारी जागिर गर्नेहरुको सरुवाको सम्भावना छ । रोग, ऋण र शत्रुको बाधाबाट मुक्ति मिल्नेछ । आर्थिक लाभ हुनेछ, मनोकामना पूरा हुनेछन् । समय खुसीसाथ बित्नेछ । आर्थिक स्थिति बलियो रहनेछ । अनावश्यक काममा समय बर्बाद नगर्नुहोस् । कसै-कसैलाई अत्याधिक विश्वास गरेर तपाईं आफैलाई हानि पुऱ्याउन सक्नुहुन्छ ।
उपाय- श्री गणेशाय नम जप गर्नुस्, गरिबलाई दान गर्नुस् ।
धनु राशि
धनु राशिका लागि यो साता तपाईंको व्यस्तता बढ्नेछ । व्यवसायमा राम्रो अवसर मिल्नेछ । तपाईंको व्यावसायिक जीवनको लागि वर्तमान समय धेरै अनुकूल छ, त्यसैले यसको सदुपयोग गर्नुहोस् । सकारात्मक सोचका साथ काममा ध्यान दिनुपर्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । यदि तपाईंले यसलाई स्वीकार गर्नुभयो भने, यो प्रस्ताव तपाईंको करियरमा कोसेढुङ्गा साबित हुनेछ । व्यापार व्यवसायमा प्रगति हुनेछ ।
आपसी सम्बन्धमा देखिएको असमझदारी समाधान हुनेछ । नवविवाहित जोडीले खुसीसाथ समय बिताउने छन् । रोमान्स र नयाँ प्रेम सम्बन्धको लागि समय राम्रो छ। प्रेमीसँग गुणस्तरीय समय बिताउनुहुनेछ । अविवाहितहरुले विवाहको प्रस्ताव प्राप्त गर्नेछन् । परिस्थिति अनुसार आफूलाई अनुकूल बनाउन सफल हुनुहुनेछ । तपाईंको दैनिक दिनचर्या एकदम सन्तुलित हुनेछ । केही नयाँ कार्यमा संलग्न हुनसक्छ । समाजमा तपाईंको प्रभाव बलियो हुनेछ । तपाईंले आफ्नो नेतृत्व क्षमतालाई उल्लेखनीय रूपमा बलियो बनाउन सक्नुहुन्छ । दाम्पत्य सम्बन्धमा देखिएको तनावबाट पनि मुक्ति मिल्नेछ । तपाईं आफ्नो जीवनसाथीका लागि बहुमूल्य वस्तुहरू खरिद गर्न सक्नुहुन्छ।
उपाय- ॐ गम गणपताय नमको १०८ जप गर्नुस् ।
मकर राशि
यो साता कामको खोजीमा रहेका वा नयाँ व्यवसाय सुरु गर्ने सोचमा रहेका युवाहरुलाई करियरको क्षेत्रमा राम्रो अवसर मिल्नेछ । व्यापारमा आकस्मिक लाभ वा धन लाभ हुने सम्भावना छ । जग्गा, घर तथा सवारी साधनको खरिद–बिक्रीमा लाभ हुने प्रबल सम्भावना रहेको छ । साताको प्रारम्भमा केही कानूनी प्रक्रियामा विजयी हुन सक्नुहुन्छ । मानिसहरूले तपाईंको मेहनत र समर्पणको प्रशंसा गर्नेछन् । तपाईंले अरुलाई पनि धेरै सहयोग गर्नुहुनेछ, जसका कारण मानिसहरू सधैं तपाईंको साथमा उभिनेछन् ।
विगतमा गरेको मेहनतको राम्रो लाभ मिल्नेछ। चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले धेरै नयाँ कुराहरू सिक्न पाउनेछन्। योजना बनाएर काम गर्दा छिट्टै सफलता मिल्नेछ । विपक्षीहरु तपाईका अगाडि कमजोर देखिन सक्छन् । नयाँ व्यापारको थालनीका लागि साता अनुकूल छ । व्यक्तिगत जीवनको लागि समय राम्रो छ, प्रेमी र प्रेमिकाको सम्बन्धमा मिठास बढ्नेछ । दाम्पत्य जीवनमा कुनै पनि ठूलो समस्या सजिलै समाधान हुनेछ । केही व्यक्तिको नयाँ प्रेम सम्बन्ध सुरु हुनेछ।
उपाय- हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
कुम्भ राशि
यो साता कला र सीपलाई धेरै महत्व दिनुहुनेछ । सरकारी जागिर गर्नेहरूले यो साता धेरै काम गर्नुपर्नेछ । तर तपाईंले यसबाट राम्रो फाइदा पनि पाउनुहुनेछ । व्यवसायमा लगानीको खोजीमा हुनुहुन्छ भने साताको मध्यमा सफलता मिल्नसक्छ । भौतिक सुखको पूर्ण आनन्द मिल्नेछ । यो साता धेरै प्रतिक्षित यात्रा हुन सक्छ। सामाजिक कार्यमा तपाईंको प्रभाव बढ्नेछ । घरमा हर्षोल्लासको वातावरण रहनेछ। सम्पत्तिको विवाद समाधान हुनसक्छ । मनमा सकारात्मक विचारको प्रभाव रहनेछ। बिहीबारसम्मको समय निकै शुभ रहनेछ । यो साता अनावश्यक खर्चबाट बच्नु पर्नेछ। तपाईंले आफ्नो जीवनसाथीबाट पर्याप्त सहयोग र साथ प्राप्त हुने देखिन्छ। तपाईंले आफ्नो व्यवसायमा कुनै नयाँ सम्झौतालाई अन्तिम रूप दिनका लागि आफ्ना भाइहरूसँग परामर्श गर्न सक्नुहुन्छ ।
यो साता करियरको क्षेत्रमा धेरै अवसरहरू प्राप्त हुन सक्छन् । करियरमा राम्रो नतिजा मिल्नेछ, यससँगै पुरानो समस्या जो पहिलेदेखि नै थियो, त्यो हट्नेछ । व्यापार क्षेत्रसँग सम्बन्धित व्यक्तिबाट लाभ मिल्नेछ । तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ । तपाईंलाई ईर्ष्या गर्ने मानिसहरूले तपाईलाई भ्रममा पार्ने प्रयास गर्नेछन् । र तिनीहरूको प्रभावमा तपाईं पनि आउन सक्नुहुन्छ । नयाँ प्रेम सम्बन्धमा अलिकति सावधानी अपनाउनु होला, किनकी अहिले मानिसलाई बुझ्नमा गल्ती हुनसक्छ।
उपायः हनुमान चालिसाको नियमित पाठ गर्नुस् ।
मीन राशि
यो साता तपाईंले आफ्नो परिवारलाई विशेष महत्व दिनुहुनेछ । भर्खरै विवाह भएका दम्पतीहरूले परिवार नियोजन गर्ने विचार गर्न सक्छन् । पुराना गल्ती सच्याउने अवसर मिल्नेछ । यो साता जागिरको अवसर पाउन सक्नुहुने छ । व्यवसायीहरूले सामाजिक सञ्जालमार्फत बिक्री र आम्दानी बढाउन सक्छन् । यो साता तपाईको लागि धेरै शुभ रहनेछ। तपाईं आफ्नो उपलब्धिहरुसँग धेरै सन्तुष्ट हुनुहुनेछ ।
यदि तपाईं रोजगारी हुनुहुन्छ भने, तपाईंले काम परिवर्तनको अवसर पनि पाउन सक्नुहुन्छ। अरुबाट धेरै अपेक्षा गर्नु हुँदैन । आफ्ना सर्तहरू अरूमाथि थोपाउनबाट बच्नुहोस् । स्वास्थ्यको दृष्टिले आइतबारदेखि मंगलबारसम्मको समय राम्रो छैन। गाडी बिस्तारै चलाउनुहोस् । फलाम र विद्युतीय उपकरणहरू सावधानीपूर्वक प्रयोग गर्नुहोस्। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले तनावपूर्ण परिस्थितिको सामना गर्नुपर्नेछ। बिहीबार र शनिबार निकै राम्रो रहनेछ ।
उपाय- ॐ नम भगवते बासुदेबाय नमको १०८ पटक जप गर्नुस् ।































प्रतिक्रिया