बेहुली पक्षको कुटाईबाट जन्तीको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार

बेहुली पक्षको कुटाईबाट जन्तीको मृत्यु, प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार

केन्द्रबिन्दु
0
Shares

गोरखा । बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा गोरखामा एकजनाको मृत्यु भएको छ । केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरखा प्रहरी प्रमुख एसपी भोला रावलले गाउँको केटीहरु जिस्क्याएको भन्दै बेहुली पक्षका केटाहरुले गाडी रोकेर जन्ती पक्षलाई कुटेको बताए । कुटपिटमा संलग्न भएको आशंकामा केही प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरी चौकीमा आक्रमणः
घटनापछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् । अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् । पीडित पक्षले उचित क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गरेका छन् ।

करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेको प्रहरीले जनाएको छ । ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएको छ ।

Skip This
Skip This
Logo