काठमाडौं । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा बनाईएका करिब ४० सटर भत्कायो । अवैध रुपमा व्यापारिक प्रयोजनको लागि बनाईएका सटर नगर प्रहरीले भत्काएको हो । शनिवार बिहानै नगरप्रहरी, प्रहरी, स्थानीय, व्यापारी, पत्रकार लगायत त्यहाँ पुगेका थिए ।
नगर प्रहरीले एकाएक डोजर लगाउँदा व्यापारीहरु भने आफ्नो सामानको जतन गर्न तर्फ लागे । सामान सार्न समय पनि नदिई सटर भत्काएको भन्दै व्यापारीहरु विरोध गरिरहे । तर डोजर चल्न बन्द भएन् ।

व्यापारीहरु निकै आक्रोशित मुद्रामा थिए । उनीहरु चर्को चर्को स्वरमा चिच्याईरहेका थिए । त्यहाँ पत्रकारहरु पनि फोटो, भिडियो खिचिरहेका थिए । त्यहि क्रममा दुई जना व्यापारीको नजर पत्रकारको क्यामेरामाथि गयो । उनीहरु एकाएक आक्रोशित बने । र पत्रकारमाथि जाईलागे । उनीहरुले ढुंगा टिपेर पत्रकारलाई हाने । धन्न पत्रकार अलि टाढा हुँदा लागेन् । प्रहरीले पत्रकारमाथि ढुंगा प्रहार गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ ।

उपमेयरमाथि पनि आक्रमणको प्रयासः

खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर हरिप्रभा खड्गीमाथि पनि आक्रमणको प्रयास भएको छ । आक्रोशित व्यवसायीहरुले उनीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
त्यहाँका व्यापारीहरुका अनुसार उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी थिईन् । तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।





























प्रतिक्रिया