प्रदेश २ ले लोकसेवालाई भन्यो, ‘कर्मचारी भर्ना नगर्नू, हामी आफैं गर्छौ’

प्रदेश २ ले लोकसेवालाई भन्यो, ‘कर्मचारी भर्ना नगर्नू, हामी आफैं गर्छौ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश २ को सरकारले कर्मचारी भर्ना नगर्न लोक सेवा आयोगलाई अनुरोध गरेको छ । सविधानको अधिनमा रहेर प्रदेश २ मा प्रदेश सरकारले नै कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको भन्दै लोकसेवा आयोगलाई कर्मचारी भर्ना नगर्न भनेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखी संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार आफै कर्मचारी भर्ना गर्ने भन्दै प्रदेश २ मा कर्मचारी भर्नाको विज्ञापन नगरिदिन आग्रह गरेका हुन् ।

प्रदेशभित्र कर्मचारी भर्नाका लागि प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गई अन्तिम चरणमा रहेको र प्रदेश लोकसेवा आयोग गठनको तयारीमा रहेको भन्दै मुख्यमन्त्री राउतले आयोगलाई उक्त आग्रह गरेका हुन् ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सकिएपछि रिक्त रहेको दरबन्दीमा लोक सेवा आयोगले भर्ना खोल्न लागेका बेला प्रदेश २ ले यस्तो पत्र लेखेको हो ।

Logo