सञ्चारमन्त्रीलाई बुद्ध एयरको जवाफ, ‘तपाई एक्लो भन्दा ६८ यात्रु बढी महत्वपूर्ण’

सञ्चारमन्त्रीलाई बुद्ध एयरको जवाफ, ‘तपाई एक्लो भन्दा ६८ यात्रु बढी महत्वपूर्ण’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधी तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको विमान छुटेको बारे बुद्ध एयरले जवाफ दिएको छ । मन्त्री बाँस्कोटा भैरहवाबाट काठमाडौंको उडान छुटेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि बुद्ध एयरले जवाफ दिएको हो ।

उक्त समाचारहरुप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं बुद्ध एयरले एउटा मन्त्रीको भन्दा ६८ यात्रुको सुविधा बढी महत्वपूर्ण भनेको छ ।

मंगलवार बुद्ध एयरले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीलाई कुरेको भए मौसमी कारणले विमानले भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ । जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपर्ने स्थिति आउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Logo