सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेटः १८ जनाको निधन

सौर्य एयरलाइन्सको जहाज दुर्घटना अपडेटः १८ जनाको निधन

केन्द्रबिन्दु
45
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको छ । उनीहरुकाे शव निकालिएको बताइएकाे छ । सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सकोे ९एन–एएमई (सीआरजे २००)जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार अहिले जहाजका क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको छ भने अग्नि नियन्त्रकहरूले अधिकांशको शव निकालेका छन् ।

सौर्य एयरलाइन्सका सिईओ तथा प्रवक्ता उमेश आचार्यका अनुसार विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो । जहाजमा २१ जना यात्रु सवार थिए, जसमा १७ जना एयरलाइन्सकै कर्मचारी र ४ क्याबिन क्रू थिए । विमानमा अधिकांश इन्जिनियर र प्राविधिकहरू थिए । उनीहरु पोखरामा विमान मेन्टेनेन्सको कामका लागि जाँदै थिए ।

अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

Skip This
Skip This
Logo