काठमाडौँ । भक्तपुरमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतकको सनाखत भने हुन सकेको छैन ।
साउन ८ मा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगती प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारको क्रममा भक्तपुर अस्पतालमा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक हेटौंडा उपमहानगरपालिका–१० घर भएका ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।































प्रतिक्रिया