विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन् । देउवाले दुर्घटनामा परी मत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि आज बिहान ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनामा परि दिवंगत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकूल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।’

Logo