रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा स्थानीयले चक्काजाम गरेका छन् । चन्द्रनिगाहपुर खण्डस्थित गरुडा चोकमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।
एमालेका मधेस प्रदेसका नेतालाई कुटपिट गरेको घटनामा संलग्नलाई पक्राउको माग गर्दै चक्काजाम गरिएको हो । नेता सेख करिमुल्लाहलाई बुधबार राति गरुडा चोकमा बसिरहेको अवस्थामा ७-८ जनाको समूहमा आएका युवाले कुटपिट गरेको थियो । घटनामा इलाका प्रहरी कार्यालय गरुडाले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।





























प्रतिक्रिया