कीर्तिपुरका मेयर नकर्मीको निधन

कीर्तिपुरका मेयर नकर्मीको निधन

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । उनको गएराति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए ।

मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । ढकालका अनुसार मेयर नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जलि अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए ।

मेयर नकर्मी नेपाली काँग्रेसबाट विजयी भएका थिए ।

Logo