काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज काठमाडौँको मातातीर्थ क्षेत्रमा ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडरअन्तर्गतका क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
सोअनुसार महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिनेछ । तर काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगावै विद्युत् सेवा सुरु हुने पनि प्राधिकरणले जनाएको छ ।





























प्रतिक्रिया