काठमाडौँ । गुल्मीको निस्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–२ का ३१ वर्षीय बोमबहादुर कार्की रहेका छन् । कार्कीलाई गत साउन ५ गते खेतबाट फर्किने क्रममा खोला तर्दा निस्ती खोलाले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शङ्कर पोखरेलका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडा नम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको हो ।





























प्रतिक्रिया