काठमाडौँ । ललितपुर महानगरपालिका ७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ । ललितपुरका प्रमुख एसपी नरेशराज सुवेदीका अनुसारसनलाइट गेष्ट हाउसमा शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग बुधबार गेस्ट हाउसमा आएकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया