काठमाडौँ । काठमाडौँ महानगरपालिका ५ कालोपुलमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका १७ घर भई काठमाडौँ महानगरपालिका १६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही रहेका छन् ।
शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले चोरी गरी भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
उनले काठमाडौँ महानगरपालिका ५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको सामान चोरी गरेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया