त्रिशूलीमा हराएको चुम्बक र ट्युब भेटियो

त्रिशूलीमा हराएको चुम्बक र ट्युब भेटियो

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । त्रिशूलीमा हराएको चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ । गत असार २८ गतेदेखि हराइरहेको दुईवटा यात्रुवाहक बस खोज्न प्रयोग भएको उक्त चुम्बक आज भेटिएको हो ।

बस खोज्न भारतबाट दुइटा चुम्बक ल्याइएको थियो । १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू गरिएको थियो । त्यस क्रममा १९ किलोको चुम्बकसँगै लाइफ ब्वाइ ट्युब समेत पानीले बगाएको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार हराएको चुम्बक र ट्युब सोमबार भेटिएको हो ।

भारतबाट आएको उद्धार टोली फर्किसकेको छ । दुइटा बसमा ६५ जना यात्रु थिए। उनीहरूमध्ये हालसम्म १९ जनाको शव फेला परेको छ।

Logo