प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखेर अनुष्ठान गरेको आरोपमा आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रधानमन्त्री ओली लगायत नेताहरूको नाममा यमपूजा गर्दै होम हाल्ने तयारी गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राख्ने पुष्कर खतिवडालाई उनकै निवास धुम्बाराहीस्थित मण्डिखाटारबाट प्रहरी वृत्त महाराजगन्जको टोलीले सोमबार पक्राउ गरेको हो। उनलाई विद्युतीय अपराध अन्तर्गतको कसुरमा पक्राउ गरिएको बताइएको छ ।





























प्रतिक्रिया