सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या

सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या

केन्द्रबिन्दु
24
Shares

नवलपरासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५, हर्दीमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति २० वर्षीय सूर्यकुमार बढईको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेको अवस्थामा शव फेला परेको हो । हत्याको कारण खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Logo