काठमाडौँ । जाजरकोटकी एक गर्भवतीलाई प्रसूति गराउन हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको छ । कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सुर्खेत पुर्याइएको हो ।
स्थानीय स्वास्थ्यचौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।





























प्रतिक्रिया