विपन्न परिवारलाई घर उपहार

विपन्न परिवारलाई घर उपहार

केन्द्रबिन्दु
12
Shares

स्याङ्जा । चापाकोट नगरपालिकाले नगर क्षेत्रका विपन्न छ परिवारलाई उपहारस्वरूप घर निर्माण गरिदिएको छ । मङ्गलबार चापाकोट–१० भुमरीघाटकी माया भट्टराई र सोही पालिका–४ घुर्लीचौरका केशबहादुर दमैको परिवारलगायत विपन्न परिवारलाई ती घर हस्तान्तरण गरिएको हो ।

चापाकोट नगरपालिकाको विपन्न नागरिक आवास पुनःस्थापन कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजन भएको रकमबाट दुईकोठे घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो ।

गत आर्थिक वर्षदेखि सुरु भएको ‘विपन्न परिवारसँग नगरप्रमुख’ अभियानलाई निरन्तरता दिँदै घर निर्माण गर्ने तयारीमा रहेको छ । प्रतिघर दुई लाख ८० हजारका दरले १६ लाख ८० हजारको लागतमा छवटा घर निर्माण गरी हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा नं १ र ७ मा एक–एक घर तथा वडा नं ४ र १० मा दुई–दुई घर निर्माणपश्चात् हस्तान्तरण गरिएको हो ।

Logo