३१ वर्षीय गुरुङको शव भीरमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

३१ वर्षीय गुरुङको शव भीरमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

केन्द्रबिन्दु
0
Shares

ओखलढुंगा । ओखलढुंगामा हराईरहेको व्यक्तिको शव फेला परेको छ । शुक्रबारदेखि हराइरहेका सिद्धिचरण नगरपालिका ८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शव फेला परेको हो । उनको शव सिद्धिचरण नगरपालिका ३ को बरबोटे भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । भीरबाट शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ । शव भीरमा भेटिएकाले लडेर ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । तर थप अनुसन्धान तथा पोष्टमार्टम रिर्पोटपछि मात्रै यथार्थ भन्न सकिने प्रहरीले जनाएको छ ।

Logo