काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कभित्र पार्किङमा राखिएको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै दुई महिनादेखि पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार युवाको शव फेला परेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घटनाको प्रकृति हेर्दा ४५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ ।





























प्रतिक्रिया