राष्ट्रिय युवा संघ महोत्तरीद्वारा वृक्षारोपण

राष्ट्रिय युवा संघ महोत्तरीद्वारा वृक्षारोपण

केन्द्रबिन्दु
129
Shares

नेकपा एमालेको भातृ संगठन युवा संघ महोत्तरीले बर्दिवास मेडिकल कलेज निर्माणार्थ वृक्षारोपण गरेको छ ।

बुधवार बर्दिवास-५ स्थित टुटेस्वरको मडाहा खोलाको तटिय क्षेत्रमा १९ हजार ६ सय ६७ विरुवा रोप्ने अभियान अन्तर्गत लगभग १ हजार विरुवा रोपेको हो । यसअघि विभिन्न संघ, संस्था र राजनीति दलहरुले रोपेका विरुवालाई गयराती आएको बाढीले क्षति पुर्याएपछी युवा संघले पुनः संरक्षणसमेत गरेको छ ।

युवा संघका अध्यक्ष उज्वल काफ्लेले विरुवा रोप्ने मात्र हैन हुर्काउने नै प्रतिवद्वतासहित विरुवा रोपेको वताए । ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित एक युवा पाँच विरुवा रोप्ने अभियानअन्तर्गत मेडिकल कलेज निर्माणार्थ विरुवा रोपेको उनको भनाई छ ।

संगठनका इन्चार्ज हरि महतोको नेतृत्वमा थालिएको उक्त अभियान आजवाट नै समापन हुँदै छ । नेकपा एमालेको १ महिने विरुवारोपन अभियान अन्तर्गत आज अन्तिम दिन रहेको इन्चार्ज महतोले जानकारी दिए ।

एमालेका नगर सचिव निरोज अधिकारीले बर्दिवास मेडिकल कलेज निर्माणका क्रममा निर्धारित ठाँउमा १९६७ रुख काटिने भएपछी त्यसको १० गुणा अर्थात १९ हजार ६७० विरुवा रोप्नु भन्ने सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयनको लागि पनि विरुवा रोपिएको बताए । यसअघि नर बहादुर कर्माचार्य र पुस्पलाल श्रेष्ठको स्मृतिमा माओवादी केन्द्र र नेकपा एमालेले झन्डै १० हजार विरुवा रोपिसकिएको छ भने नेपालि कांग्रेसले पनि २ हजार विरुवा रोपेको थियो ।

Skip This
Skip This
Logo