काठमाडौँ । भक्तपुरको कौशलटारमा एक घरमा आगलागी भएको छ । गएराति साढे १० बजे मध्यपुरथिमी नगरपालिका ३ कौशलटारस्थित शंकर कटुवालको घरमा आगलागी हुँदा घरमा क्षति पुगेको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार कटुवालको घर दुईतले थियो । घरको पहिलो तल्लामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट प्लाइउड, आल्मोनियम र पाइपको जलेर नष्ट भएका छन् । तर मानवीय क्षति भने हुन पाएन । विभिन्न पालिकाको दमकलको सहयोगमा आगलागी राति पौने १२ बजे नियन्त्रणमा आएको थियो ।





























प्रतिक्रिया