दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

दाङमा खोलाले अटो बगाउँदा २ जना बेपत्ता, ३ जनाको उद्धार

केन्द्रबिन्दु
6
Shares

तुलसीपुर । दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । शुक्रबार राति साढे ७ बजे तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताए ।

तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

Skip This
Skip This
Logo