काठमाडौँ । ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिउँसो ४ बजेर २ मिनेट जाँदा जिल्लाको आँखोप केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।
साउन १२ गते पनि ताप्लेजुङको खेन्जिम केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि असार २६ गते बिहान १ बजेर ४६ मिनेटमा तापेथोक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।





























प्रतिक्रिया