काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले ब्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजाआराधना गरिन्छ ।
आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा ब्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।
नेपालमा सौरमासअनुसारका सोमबार नै ब्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।





























प्रतिक्रिया