गुल्मी । गुल्मीका ऋषिराम कँडेललाई उच्च शिक्षा अध्ययनमा सघाउन ल्यापटप सहयोग गरिएको छ । नेपाली कांग्रेसका सांसद तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक रहेका डा. सुनिल शर्माले कँडेललाई ल्यापटप सहयोग गरेका हुन् ।
परीक्षामा खुट्टाले लेखेर ३.३७ जीपीए ल्याइ एसईई उत्तीर्ण भएका कँडेललाई गुल्मीका सांसद चन्द्र भण्डारीमार्फत ल्यापटप हस्तान्तरण गरिएको हो ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा–४ का १९ वर्षीय ऋषिराम कँडेलले शृङ्गा जनता माविबाट खुट्टाले लेखेरै उच्च अंकका साथ एसईई उत्तीर्ण गरेका थिए । ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् ।
कँडेलले सांसद भण्डारीलाई उच्च शिक्षाका लागि ल्यापटप आवश्यक भएको कुरा जानकारी गराएपछि उनले सांसद डा. शर्मासँग ल्यापटपका लागि आग्रह गरेका थिए । त्यसपछि कँडेलको उच्च शिक्षामा सघाउन उनले भण्डारीमार्फत ल्यापटप सहयोग गरेका हुन् ।





























प्रतिक्रिया