मनत केसीलाई खुकरी प्रहार गर्ने तीन जना पक्राउ

मनत केसीलाई खुकरी प्रहार गर्ने तीन जना पक्राउ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । धारिलो हतियार खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बानेश्वरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुली फिक्कल गाउँपालिका वडा नं ३ घर भई हाल काठमाडौँ महानगरपालिका २१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका वडा नं ४ घर भई हाल काठमाडौँ महानगरपालिका २१ आलोकनगर नै बस्ने २६ का कुमार पण्डित र दार्चुला बाँज घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटार हात्तिडाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरालाई प्रकाउ गरेको हो ।

आइतबार काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडक खण्डमा कैलाली घर भएका २२ वर्षीय मनत केसीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । पक्राउ परेकाहरूको साथबाट एक थान खुकुरी र मोवाइल दुई थान फेला परेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo