त्रिभुवन विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले ६ किलो कोकिनसहित एक विदेशीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।

उनको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् ।

Logo