हावाहुरीमा ज्यान गुमाएका परिवारको दर्दनाक पीडा र रोदन (भिडियोमा)

हावाहुरीमा ज्यान गुमाएका परिवारको दर्दनाक पीडा र रोदन (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

२०७५ साल चैत्र १७ गते । सदा झै आम सर्वसाधारको दैनिकी सामान्यरुपमा नै चलिरहेको थियो । मौसम पनि सामान्य नै थियो । जब साँझ पर्न थाल्यो मौसम विस्तारै विस्तारै बदलिन थाल्यो । कालो बादलसहित हुरीबतास चल्न थाल्यो ।

दुई दिन अघि देखि नै मौसम यसरी नै चलिरहेको थियो । कँहीकतै त्यस्तो नराम्रो घटना भएको थिएन । त्यसकारण सर्वसाधारणहरुले त्यसदिन पनि मौसमको प्रि मनसुन भनेर सामान्य मानिरहेका थिए । तर, त्यो दिनको मौसमले कहिल्यै नसोचेको वितण्डा मच्चाएर गयो ।

बंगालबाट आएको तातो र भू मध्यसागरको चिसो हावाबीच जम्काभेट हुँदा बारा र पर्सामा गरी २७ जनाको ज्यान गयो भने ५ सयभन्दा बढी घाइते भए । घाइतेहरुलाई चितवन र बाराका केहि अस्पतालहरुमा उपचार भैरहेको छ । भने गम्भीर घाइतेहरुलाई काठमाणडौमा उपचारका लागि ल्याईएको छ ।

राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति पुग्यो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको जानकारी दिए ।

एकातिर भूमध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइरहेको र अर्काेतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको र यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चलेको उनको भनाई छ ।

माथिबाट बेगमा गइरहेको चिसो हावा र तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झरेको उनको भनाई छ । हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ । तर बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको थियो ।

Logo