सिरहामा आज नौ घण्टा विद्युत् अवरुद्ध हुने

सिरहामा आज नौ घण्टा विद्युत् अवरुद्ध हुने

केन्द्रबिन्दु
6
Shares

सिरहा । नेपाल विद्युत् प्राधिकरणको सिरहास्थित लहान वितरण केन्द्रबाट सप्लाई हुने विभिन्न स्थानमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म नौ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

प्राधिकरणको लहान वितरण केन्द्रले लहान सबस्टेसनदेखि महेन्द्र राजमार्गसम्म जदही तथा लहान फिडरको ११ केभी प्रसारित जीर्ण तारलाई ‘अपग्रेड’ गर्न लागिएकाले विद्युत् वितरण प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार लहान फिडरअन्तर्गतका लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, भगवान्पुर गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियापट्टि गाउँपालिका—१, गोलबजार नगरपालिका—१ लगायत क्षेत्रमा विद्युत् प्रभावित हुनेछ । प्राधिकरणले यी क्षेत्रमा निर्धारित समयभित्र काम सकेर लाइन सञ्चालन गर्ने प्रयास रहने जानकारी गराएको छ ।

Logo