काठमाडौँ । पशुपति परिसरमा आयोजना भइरहेको कोटीहोम महायज्ञमा दैनिक हजारौँ संख्यामा भक्तजनहरू सहभागी हुँदै आएका छन् । साउन महिनाभर सञ्चान हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ इतिहास कै पहिलो पटक आयोजना भएको हो ।
कोटीहोम महायज्ञ सुरु भएदेखि नै हजारौं संख्यामा भक्तजनको चाप पशुपति परिसरमा छ । लोकप्रिय चर्चाका साथै हजारौं भक्तजनाको साथ पाएको कोटीहोम महायज्ञ अन्तिम चरणमा गएसँगै भक्तजनको घुइँचो थप बढ्दै गएको छ ।
मानव सेवा फाउण्डेसनको नेतृत्वमा आयोजना भएको यस महायज्ञले हिन्दु धर्ममा आस्था राख्नेहरूका लागि महत्वपूर्ण भूमिका राखेको छ । साउनको अन्तिम सोमबारको विशेष तयारी भइराख्दा उक्त दिन ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने आकलन गर्दै आयोजक टिमले सुरक्षा व्यवस्था बढाएको पनि बताएको छ । आयोजक टिमका अुनसार अन्तिम सोमबार भएकाले विशेष यज्ञ समेत रहेको बताइएको छ । कोटिहोम महायज्ञमा भक्तजन पुगेका मात्र छैन । ठूलो रूपमा आर्थिक चन्दा पनि दिइरहेका छन् । कास्कीका एक बृल्धले त ऋण काढेर चन्दा दिएका छन् । उनी भन्छन्, ‘यति ठूलो महायज्ञ हुँदा चन्दा दिन मन लाग्यो, तर पैसा भएन, ऋण काढेर भए पनि चन्दा दिएँ, ऋण बिस्तारै तिरौंला ।’
यस्तै, कोटीहोमा गाउँमा बसोबास गर्दै आएका आफ्ना बाबा ल्याएर देखाउने काठमाडौं बस्ने छोराछोरी पनि छन् । जसले आफ्ना बुढाबा आमालाई कोटिहोम र पशुपतिको दर्शन गराइरहेका छन् ।
महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रूपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन गरिरहेको छ । २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान गर्ने उद्देश्य राखी दैनिक यो कार्यलाई पनि निरन्तर राखिएको छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथा वाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथा वाचन गरिसका छन् । भक्तजनको बढ्दो भिड, विभिन्न ठाउँबाट आएका कथा वाकले झन् यस कार्यक्रमको शोभा बढाएको छ । यस्तो कार्यकम वर्षवर्षमा भइृ राख्नुपर्ने भक्तजनहरू पनि बताउँछन् ।































प्रतिक्रिया