स्याङ्जामा ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो

स्याङ्जामा ट्याक्टर पल्टिँदा चालकको ज्यान गयो

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका १ बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको छ । मृत्यु हुने ट्याक्टरका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बारीकुनाबाट माटो लिएर चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका १ को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Skip This
Skip This
Logo