सर्पको टोकाइबाट बालिकाको ज्यान गयो, आमाको अवस्था गम्भीर

सर्पको टोकाइबाट बालिकाको ज्यान गयो, आमाको अवस्था गम्भीर

केन्द्रबिन्दु
30
Shares

दाङ । सर्पको टोकाइबाट घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर छ ।

गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सर्पले टोकेपछि देखिने लक्षण

-बान्ता हुने

-रिंगटा लाग्ने

-आँखा लटपटिने हुने

-आँखा धमिलो हुने

-सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने

-जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने

Logo