गोमन सर्पले डसेर छ वर्षीया बालिकाको ज्यान गयो

गोमन सर्पले डसेर छ वर्षीया बालिकाको ज्यान गयो

केन्द्रबिन्दु
87
Shares

काठमाडौँ । मोरङको केराबारी–९ स्कुल चोकका मनोज पण्डितकी ६ वर्षीया छोरी प्रतिमाको सर्पले डसेर निधन भएको छ । बुधवार साँझ गोमन सर्पको डसाइबाट प्रतिमाको मृत्यु भएको हो ।

विद्यालयबाट साँझ घर फर्केपछि शौचालयमा गएको वेला प्रतिमालाई विषालु सर्पले डसेको केराबारी –९ का वडाध्यक्ष गोपाल याक्खाले बताएका छन् । सर्पले डसेको कुरा अभिभावकले थाहा पाएपछि बालिकालाई इटहरीको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

त्यहाँ पनि उपचार हुन नसक्ने भनेपछि विराटनगरको कोशी अस्पतालमा ल्याइएको थियो । कोशीमा ल्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Logo