भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार घटनास्थलमै मृत्यु भएको महिलाको पहिचान खुलेको छ ।
मृतक दोलखाको मेलुङ-४ की २३ वर्षीय सुस्मा नेपाली रहेको पाइएको हो ।
प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।
दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।
प्रतिक्रिया