काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा साउन १ गतेदेखि सुरु भएको कोटीहोम शुक्रबार सकिएको छ । तर गएराति त्यहाँ तनाब उत्पन्न भएको छ । कोटीहोमका आयोजक विजय कृष्णमूर्ति (विजय भण्डारी)लाई पक्राउ गर्न खोजिएको भन्दै पशुपतिमा तनाब उत्पन्न भएको हो ।
प्रहरीले पक्राउ गर्न खोजेको भन्दै विजयले आफू गिरफ्तार भएमा आन्दोलन गर्न भनेपछि उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेको सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोमा देखिन्छ ।
प्रतिक्रिया