थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, हेलिकप्टरबाट निरीक्षण गर्दा यस्तो देखियो [तस्विरहरु]

थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि, हेलिकप्टरबाट निरीक्षण गर्दा यस्तो देखियो [तस्विरहरु]

केन्द्रबिन्दु
1.7k
Shares

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका -५ को थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । विज्ञहरू सहितको टोलीले शनिबार हेलिकप्टरबाट स्थलगत निरीक्षण गर्दा थामेभन्दा माथि रहेको हिमताल फुटेर बाढी आएको देखिएको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको निरीक्षण गरेको भिडिओमा थामे गाउँमाथिको खुम्बु क्षेत्रका एउटा ताल फुट्दा बाढी आएको देखिन्छ। उक्त क्षेत्रमा पाँच वटा ताल रहेको छ । अरु तालहरु पनि जोखिममा रहेको छ । बाढीले २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । बाढीको थप जोखिमको सम्भावना नरहेको देखिएपनि ठाउँठाउँमा पहिरोले खसेर जुनसुकै बेला खोला थुनिन सक्ने अवस्था रहेको छ ।

तस्विरहरु-

Logo