कुटपिट गरी श्रीमतीको हत्या

कुटपिट गरी श्रीमतीको हत्या

केन्द्रबिन्दु
24
Shares

महोत्तरी । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Logo