धरौटीमा छुटे पुष्कर खतिवडा, जसले नेताहरूको मृत्युको कामना गरेर यज्ञ गरेका थिए

धरौटीमा छुटे पुष्कर खतिवडा, जसले नेताहरूको मृत्युको कामना गरेर यज्ञ गरेका थिए

केन्द्रबिन्दु
266
Shares

काठमाडौँ । पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २५ हजार धरौटीमा उनी रिहा भएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामना गर्न आयोजित यज्ञमा सहभागी हुन सार्वजनिक आह्वान गरेका उनी साउन १४ मा मण्डिखाटारबाट पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जालमा ‘आवेगमा लेखेको’ बयान दिएका छन् । उनले भनेका छन्, ‘फेसबुक स्ट्याटस आवेशमा लेखेको हुँ, साथीहरूले त्यस्तो गर्नु हुँदैन भनेपछि मलाई गलत रहेछ भन्ने अनुभूति भएको थियो ।’ उनी झापाको बुद्धशान्तिका स्थानीय हुन् ।

Logo