काठमाडौँ । कैलालीका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा कैलालीमा भारी वर्षा भएको छ । वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । नदी तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रमा रहनेहरूले बिहान १० बजेसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया