काठमाडौँ । काठमाडौँको बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेको छ ।
नदीमा पानीले सतर्कता पार गरेकाले तटीय क्षेत्र र बागमती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया