बाघको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

बाघको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । बाघको आक्रमणमा परी पर्सामा एक जनाको ज्यान गएको छ । जिराभवानी गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारूको हिजो मृत्यु भएको हो ।

गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ ।

Logo